गोरखा । गोरखा सदरमुकामा आज दिउसो भएको मिनि ट्रक दुर्घटनामा परि मृत्यु हुने पुरुष आरुघाटको भएको पुष्टी भएको छ । मृत्यु हुने पुरुष सवारी धनी उमेश श्रेष्ठ भएको खुल्न आएको हो ।
गोरखा बजारको पुरानो बसपार्कबाट हरमटारी तर्फ आउदै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनि ट्रक दिउसो १ः१५ बजे गोरखा नगरपालिका–६ को बिसौनी मोडमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेका मध्ये ६ जनाको अवस्थामा गंभिर देखिए पछि गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
थप उपचारको लागि चितवनको भरतपुर मेडिकल कलेज लगिएकाहरुमा गोरखा जिल्ला शहिदलखन गाउँपालिका ७ घर भई हाल गोनपा९ बस्ने बर्ष ३० की रमला राना मगर, शहिदलखन गाउँपालिकाका बर्ष ५९ को लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेवेटार बस्ने बर्ष ४० की साबीत्री बिक, बर्दिया जिल्ला स्थाई वतन भएका बर्ष २८ को मंगल चौधरी, दोलखा जिल्ला स्थाई वतन भएका बर्ष ३२ को बिष्णु खड्का र वतन नखुलेका बुद्दीबहादुर नेपाली रहेको गोरखा प्रहरीले जनाएको छ ।
गंभिर घाईते भएका चाैधरी र खड्का भने बिवाहमा सहभागी हुन गाेरखा आएकाे खुल्न आएकाे छ । दुवै जना राबा बैंक गजुरी शाखाकाे कर्मचारी भएकाे पुष्टी भएकाे छ ।
सोही दुर्घटनामा परी घाईते भएका शहिदलखन गाउँपालिका बस्ने बर्ष ६८ को नारायण भुजेलको भने गोरखा अस्पतालमा नै उपचार भई रहेको छ ।
चितवनबाट फलफुल लिएर आरुघाट जान लागेको मिनीट्रक अनियन्त्रित भई बिपरित दिशाबाट आउदै गरेको बा ८६ प १७८५ नं मोटर साइकल तथा सडक पेटीमा बसेर चनाचटपट खाई रहेका अन्य यात्री समेतलाई मिनिटकले लछार्दा उनीहरु घाईते थिए ।
मिनि ट्रक सडकबाट २० मिटर तल जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुगेर अडकिएको छ । दुर्घटना के कती कारण भएको भन्ने बारे अनुसन्धान सुरु गरिएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।


