गोरखा । नेपाली सेनाको गस्तीटोलीले गोरखा र चिनको तिब्बती सीमा क्षेत्रमा गस्ती गरेको छ ।
सेनाको गोरखा सदरमुकाममा रहेको रिपुमर्दन गणको गस्ती टोली पहिलो पटक सिमा क्षेत्रको गस्तीमा पुगेको हो ।
गोरखा तिब्बत बिच गोरखाको चुमनुब्री गाउँपालिका र चिनको तिब्बती रुइला भञ्ज्याङ पर्दछ । सेनाको टोली उत्तरी क्षेत्रमा पुग्दा पालिका अध्यक्ष निमा लामा सहित पालिकाका कर्मचारीहरुले स्वागत गरेका थिए ।
गोरखाको चुमनुब्री गाउँपालिका १ र तिब्बतको रुइला भञ्ज्याङ बिच ३४ नम्बरको पिल्लर रहेको छ ।


