गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले एउटा सूचना जारी गर्दै साँगितिक कार्यक्रम तथा मेला महोत्सव गर्नुपूर्व नै संगित रोयल्टी बुझाउन भनेको छ ।
प्रशासनले आइतबार सूचना जारी गर्दै सार्वजनिक स्थलहरुमा हुने साँगितिक कार्यक्रम, मेला महोत्सव, नृत्य, नाटक आदी आयोजना गर्नुपूर्व नै संगित रोयल्टी बुझाएर मात्र अनुमती लिन आउन भनेको हो ।
प्रशासकिय अधिकृत छविलाल श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा सँस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयको सचिवि स्तरीय निर्णय भएको भन्दै सार्वजनिक स्थलहरुमा हुने साँगितिक कार्यक्रम, मेला महोत्सव, नृत्य, नाटक आदीको आयोजना गर्दा गृह मन्त्रालय वा अन्तरर्गतको निकायहरुबाट अनुमती लिनुपूर्व अनिवार्य रुपमा संगीत रोयल्टी बुझाएको प्रमाणित प्रतिलिपि सहित अनुमती माग गर्नुहुन सम्वन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराईन्छ भनिएको छ ।





















