×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • ४९ मिनेट अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ८ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

नामजुङको बुंकोटघाटमा भईरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा ७० लाख उठ्यो

  •  गोरखा समाचार
  • सोमबार, फागुन २९, २०७९ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । नामजुङको बुंकोटघाट भईरहेको ‘श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ’ आज छैठौ दिनमा प्रवेश गरेको छ । महायज्ञको पाँचौ दिनसम्म ७० लाख रुपैयाँ उठेको मुल समारोह समितिका उप संयोजक शिव बन्जाराले जानकारी दिए ।

    शहिदलखन गाउँपालिका–९ नामजुङको बुंकोटघाटमा फाल्गुण २३ गतेदेखी सुरु भएको भीमविरेश्वर आध्यात्मिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ फाल्गुण ३० गतेसम्म सञ्चालन आउने छ ।

    सह संयोजक बन्जाराका अनुसार पहिलो दिनमा १५ लाख, दोस्रो दिनमा ७ लाख, तेस्रो दिनमा १२ लाख, चौथो दिनमा २५ लाख र पाँचौ दिनमा ११ लाख रुपैयाँ उठेको हो ।

    No description available.

    १०३ बर्षिया भद्रमाया अधिकारले यज्ञमा तुलादान गरेर फर्कदै

    यज्ञबाट २ करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको छ । ३० गते समापन हुने यज्ञ अब २ दिन चल्ने छ । उक्त क्षेत्रमा विक्रम सम्बत १९८८ सालामा भिमसेन थापाले महादेवको मन्दिर, सत्तल,कान्जिघर, कारागार तथा माझी र पाहुना घरहरु निर्माण गरेका थिए । बुढी गण्डकी जलाशय निर्माण गर्दा उक्त स्थान ढुवानमा पर्ने भए पछि स्थानियको सक्रियतामा उपयुत्त स्थानमा सार्नका सो स्थानमा महायज्ञ लगाईएको मुल आयोजक समितिका संयोजक सुरेन्द्रबहादुर थापाले बताए ।

    May be an image of 1 person

    ऐतिहासिक उक्त मन्दिर ०३६ साल पछि भिमसेन थापाका सन्ततीहरुमा बिचन आए संगै लथालिंग र भग्नावशेष अवस्थामा रहेको छ । मन्दिरमा भएका सुनका गजुर, नागपासा तथा बहुमुल्य बस्तु अहिले पनि ब्यत्तिहरुले आफ्नो निजी घरमा राख्दै आएका छन् ।

    १०६ रोपनी क्षेत्रफलमा फैलिएको संरचनालाई ढुवानले प्रभावित पार्ने भए पछि ढुवानले प्रभावित नहुने स्थानको पहिचान गरी जग्गा खरिख गर्न महायज्ञको आयोजना गरिएको हो ।

    May be an image of 3 people, people standing and people sitting

    महायज्ञमा गोरखा जिल्लाको गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका, भिमसेन थापा गाउँपालिकाका साथै धादिङको ज्वालामुखी, खरी र त्रिपुरासुन्दरी गाउँपालिकाका सर्व साधारणहरुले कथा श्रवण गरिहको मुल समारोह समितिका महासचिव नारायण लामिछानले बताए । लामिछानेका अनुसार पाँचौ दिनसम्म २५ हजार श्रद्वालु यज्ञमा सहभागी भईसकका छन् ।

    समितिका अनुसार हालसम्म ५ जनाले तुला दान गरिसकेका छन् भने २ जनाले २ लाख ११ हजार १११ रुपैयाँ यज्ञमा दान गरेका छन् । यज्ञमा पाँचौ दिनसम्म सबैभन्दा बढी रकम दिनेमा शहिद लखन गाउँपालिका–९ का ईश्वरी लामिछाने र धिरेन्द्र थापा रहेको मुल समारोह समितिका कोषाध्यक्ष लिला श्रेष्ठले बताईन । कोषाध्यक्ष श्रेष्ठका अनुसार यज्ञमा उठेको रकम दैनिक रुपमा बैंक जम्मा गरिएको छ ।

    May be an image of one or more people and people standing

    समितिले यज्ञमा सहभागीहुनेहरुलाई दैनिक ३ वटा रुपमा निशुल्क बस सञ्चालन गरेको छ । प्राप्त जानकारी अनुसार मैलुम, बतासे र फुजेलको रुटमा निशुल्क बस सञ्चालन गरेको हो ।

    बुंकोट घाटमा रहेको सत्तल नेपालकै ठुलो सत्तल (चत्वरे यात्री, बटुवा आदिलाई बस्नका निम्ति सरकार वा धर्मात्मा ब्यक्तिहरुद्वारा ठाउँठाउँमा–विशेषतःदेवस्थलहरुमा–निर्मित ठुलो कोठो, तलो आदि भएको घर वा पाटी; धर्मशाला) मानिदै आएको छ ।

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    सोमबार, फागुन २९, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.