गोरखा । गुम्दाका १ जना बालक सातादिन देखी सम्र्पक बिहिन भएका छन् । जिल्लाको धार्चे गाउँपालिका–५ गुम्दा स्थायी घर भएका १६ बर्षका बालक सोमबहादुर गुरुङ फागुन २२ गतेदेखी सम्र्पक बिहिन भएका हुन् ।
गुरुङको परिवारले दिएको जानकारी अनुसार उनी २२ गते सोमबार घरबाटै हराएका हुन् । आफन्तले सबै ठाउँमा खोजी गरेको भएता पनि आजसम्म पनि पत्ता नलागेको हो ।
बेपत्ता बालकको बारेमा स्थानिय ईलाका प्रहरी कार्यालय माछिखोलामा निवेदन दिएको पनि पारिवारीक स्रोतले जनाएको छ । कोही कसैले देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन समेत परिवारले आग्रह गरेको छ ।




















