गोरखा । चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि गोरखा क्याम्पसमा साझा उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लामा क्रियाशिल नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले सर्व सम्मत उम्मेदवारी दिएका हुन् ।
राजनैतिक हिसाबमा गठबन्धन सहित अगाडी बढ्ने निर्णय भएको भोलीपल्ट आज ३ बिद्यार्थी संगठनले उम्मेदवारी दिएको नेविसंघका नारायण भट्टले जानकारी दिए ।
स्ववियुको निर्वाचन हुने सबै क्याम्पसमा संयुत्त रुपमा उम्मेदवारी दिने निर्णय भएता पनि गोरखाको लक्ष्मी बजारमा रहेको द्रब्य शाह क्याम्पसमा भने नेविसंघबाट राजिनामा दिएर प्रमोद जंङ कुवरले स्वतन्त्र उम्मेवारी दर्ता गराए छन् ।
सहमती अनुसार गोरखा क्याम्पसमा क्रान्तिकारीको तर्फबाट अध्यक्षमा विण्णु पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा नेविसंघका प्रशुराम भट्ट र कोषाध्यक्षमा क्रान्तिकारीका सुस्मिता दवाडीले उम्मेवादी दर्ता गराएका छन् ।
त्यस्तै गरी सदस्यहरुमा क्रान्तिकारीका तर्फबाट विनय गुरुङ, नेविसंघको तर्फबाट नारायण भट्ट र सबिना गुरुङ तथा अनेरास्ववियुको तर्फबाट राजराम बोहोरा र पुजा खड्काले उम्मेदवारी दर्ता गराएका छन् ।
समानुपातिकको ७ सिट तर्फ पनि तिनवटै बिद्यार्थी संगठनले सहमतीमा नामावली राखेका छन् । जस अन्तरर्गत क्रान्तिकारीले ४ सिट (२ सिट नेसपाले पाउने गरी), नेविसंघले २ र अनेरास्ववियुले १ सिटमा खामबन्दी नामावली पेश गरेका छन् ।



