गोरखा । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आज गोरखा बजारमा खुल्ला दौड सम्पन्न भएको छ । रोट्याक क्लब अफ बज्रमनास्लुको आयोजनामा भएको दौडमा द्रब्यशाह बहुमुखी क्याम्पसका एलिना गुरुङ प्रर्थम हुन सफल भएकी छिन् ।
सदरमुकामको हरमटारीबाट सुरु भएको दौड प्रतियोगिता कालिमाटी बजार–शक्तिचोक–पुरानो बसपाक–पदेली–ठुलो आँगन–पाटेचौर–गोरखा अस्पताल–घ्याम्पेशाल बसपार्क हुदै पुनः हरमटारीमा आएर टुगिएको थियो ।
प्रतियोगितामा महेन्द्र ज्योति मावि दरबारमार्गका सगुना लामिछाने द्वितिय र विध्याबासिनी मावि नारेश्वरका करिष्मा ठगुन्ना तृतिय र नेपाल प्रहरीका सरिता थापा सान्त्वना भएका थिए ।
उनीहरुलाई क्रमश. ७ हजार, ५ हजार, ३ हजार र १ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको क्लबका अध्यक्ष लक्ष्मी रेग्मीले जानकारी दिईन ।
१९ जना सहभागी भएको उक्त दौडका लागि गोरखा नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।
२.८ किलो मिटर दौडका बिजेताहरुलाई क्रमश. जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्प राना, क्लबका अध्यक्ष रेग्मी, गोरखा चेम्बर अफ कमर्शका अध्यक्ष भाईचन्द्र श्रेष्ठ र क्लबका पूर्व अध्यक्ष अनुषा श्रेष्ठले प्रदान गरेकी थिइन ।









