साँकेतिक तस्बिर
पर्वत । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोरखाको १ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला अजिरकोट गाउँपालिका–५ मुच्चोक घर भई हाल पर्वत जलजला गाउँपालिका–३ बारीबेनीमा सडकको लेवर काम गरी बस्ने २७ वर्षीय दिपेन्द्र बिकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
दिपेन्द्रले ती बालिकालाई सोही ठाउँस्थित खाली घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।


