गोरखा । बैंकिङ कसूर मुद्दाका फरार भएका गोरखा आरुघाट गाउँपालिका–५ आरुआरबाङका १ जना युवकलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–५ आरुआरबाङ घरभई हाल काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय कृष्णबहादुर गुरङलाई भएको प्रहरीले पुष्टी गरेको हो ।
गुरुङलाई उच्च अदालत पाटनको २०७९ माघ २४ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार भएका थिए । उनलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो ।
कृष्णले सिटिजन्स बैंक लिमिटेड काठमाडौं सामाखुसीको आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उक्त फैसला गरेको थियो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।




















