गोरखा । गोरखा प्रहरीमा माघ महिनाको ‘पुलिस अफ द मन्थ’ को उपाधी आरुघाट ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक रामजी देवकोटा घोषित भएका छन् ।
प्रनि देवकोटालाई जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भरी काम गर्ने प्रहरी कर्मचारी मध्ये उत्कृष्ठ काम गरेको भन्दै माघ महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित गरेको हो ।
प्रहरी कर्मचारीहरुलाई उत्साह र प्रोत्साहन हुने गरी जिल्लाले केही बर्ष यतादेखी जिल्ला भित्र काम गर्ने प्रहरी कर्मचारी मध्ये उत्कृष्ठ काम गर्ने कर्मचारीहरु छनौट गरी प्रत्येक महिना पुरस्कृत गर्ने गरेको छ ।
देवकोटालाई तोकिएको जिम्मेवारी तथा पदिय दायित्वलाई उच्च अनुशासनमा रही ईमान्दारी तथा कतब्र्य निष्ट भई निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले सम्मान गरेको हो ।
उनले नेपाल सरकारद्वारा संरक्षित जडिबुटीहरु पाँच औले, चिराईतो, कुटकी, अल्लो बन लसुन चोरी निकासी तथा पैठारी गर्ने ४ जना ब्यक्तिलाई पक्राउ गर्न सफल भएका थिए ।
त्यसका साथै अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरी समाजमा शान्ति सु–ब्यवस्था कायम गरेको र प्रहरी कर्मचारीहरुको परिचालन, रेखदेख एवं नियन्त्रणमा पनि महत्वपूर्ण भुमिका खेलेको भन्दै पुरस्कृत गरीएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले बताए ।
त्यस अतिरिक्त देवकोटाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत टोल, समाज, विद्यालय सम्पर्क कार्यक्रम, खबर संकलन तथा अपराध रोकथाम, लागु औषध नियन्त्रण, आत्महत्या न्युनिकरण तथा समाजमा आमा समुहको भुमिका सम्बन्धी बिषयमा विभिन्न समयमा कक्षा संचालन गरी जनचेतना फैलाउन सहयोग गर्नुका साथै स्थानिय निकायसंग समन्वय गरी आरुघाट बजारमा ४ वटा सिसिटिभी क्यामरा जडान तथा मर्मत गरी बजार व्यवस्थापनमा सहयोगी भुमिका निर्वाह गरेको पाईएको हुँदा निजलाई पुरस्कृत गर्दा कार्य सम्पादनको स्तर अझै बढ्नुको साथै अन्य प्रहरी कर्मचारीहरुमा समेत सकारात्मक प्रभाव पर्न गई कार्यसम्पादनमा अझ बढी प्रभावकारीता आउने देखिएकाले २०७९ साल “माघ महिना”को उत्कृष्ट प्रहरी कर्मचारी घोषणा गरी निजले गरेको उत्कृष्ट कार्यको कदर स्वरुप प्रहरी नियमावली २०७१ संसोधन सहितको परिच्छेद १५ को नियम ११७ को देहाय ९ख० बमोजिम नगद १ हजार ५०० अभिलेखमा जनिने गरी २०७९ साल “माघ” महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो ।
देवकोटालाई जिल्ला प्रहरी कार्यालय गोरखामा बिहिबार प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले सम्मान गरेको हो ।


