साँकेतिक तस्बिर
गोरखा । गोरखाको धुवाकोटमा चितुवाको आक्रमणबाट १ जना पुरुष घाईते भएका छन् । घाईते हुनेमा पालुङ्टार नगरपालिका ८ धुवाकोट दुभारका ६२ बर्षिय रामकुमार कुमाल भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको छ ।
घरबाट जंगलमा गाईबस्तु चराउन गएका कुमाल लाई दिउसो १२ बजे तिर चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले बताए ।
घाईते कुमालको टाउको, छाती र पाखुरामा चितुवाले आक्रमण गर्दा चोट लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेजमा पठाइएको पनि प्रनाउ तथा सुचना अधिकारी लामिछानेले जानकारी दिए ।
उक्त समयमा महिलालाई लखेट्दै गरेको देखेर कुमालले चितुवालाई ढुंगाले हानेपछि महिलालाई छाडेर चितुवाले पुरुषलाई झम्टिएको थियो ।
प्रहरीका अनुसार गोठालो गएका अन्य मानिसहरुले चितुवालई लखेटे पछि मात्रे चितुवा त्यहाँबाट भागेको जानकारी पाएको गोरखा प्रहरीले जानकारी दिएको छ ।


