साँकेतिक तस्बिर
गोरखा । सवारी ज्यान मुद्दाका फरार प्रतिवादी गोरखा जिल्ला घर भएका १ जना युवकलाई तनहुँ प्रहरी पक्राउ गर्न सफल भएको छ ।
पक्राउ पर्नेमा गोरखा जिल्ला शहिद लखन गाउँपालिका–३ मनकामना घर भई तनहुँ आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट बस्ने ३३ वर्षीय नविन थापालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत तनहुँको २०७८ पुस २५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ वर्ष कैद फैसला भए पछि थापा फरार भएका थिए ।
प्रहरीले पाएको विशेष सूचनाको आधारमा थापालाई ईलाका प्रहरी कार्यालय आँबुखैरेनी र अस्थाई प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीको टोलीले आँबुखैरेनी गाउँपालिका–४ को मुग्लिङ पुलजिपबाट पक्राउ गरेको तनहुँ प्रहरी जानकारी दिएको छ ।
पक्राउ परे लगत्तै थापालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दमौली तनहुँमा हाजिर गराइएको थियो । उनलाई बुधबार नै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।


