गोरखा । गोरखा सदरमुकाममा मध्येराती प्रहरीलाई अभद्र ब्यवहार गर्नेे ३ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोरखा नगरपालिका–९ ठिगुरेश्वाराको शिवालय चोकमा फागुन १० गते मध्यराती २ बजेको समयमा हो–हल्ला र अशान्ति मच्चाएको भन्दै स्थानिय खवरे पछि गएको प्रहरीलाई अभद्र ब्यवहार गरेका ३ जना युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
गोरखा प्रहरीले नियन्त्रणमा लिएकाहरुमा गोरखा नगरपालिका–९ ठिगुरेश्वाराका २८ बर्षिय राजु पुन, २४ बर्षिय शोभित कुवर र ३० बर्षका आकाश बस्नेत भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।
फागुन १० गते मध्येराती शिवालय चोकमा हो–हल्ला र अशान्ति मच्चाएको भन्दै स्थायिनले प्रहरीमा गुनासो गरे उक्त स्थानमा खटिएको प्रहरीले सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरी माथि नै ति युवाहरुले अभद्र ब्यवहार गरेका कारण नियन्त्रणमा लिइएको प्रनाउ लामिछानेले बताए ।
पक्राउ परेका युवाहरुलाई फागुन ११ गते नै सार्वजनिक शान्ति बिरुद्वको कसूर शिर्षकमा जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सबै युवाहरुलाई गोरखा प्रहरीको हिरासतमा नै राखेर अनुसन्धान थालिएको छ ।


