गोरखा । चोरी अभियोगमा गोरखा प्रहरीले २ जना युवाहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका युवाहरुमा सिरानचोक गाउँपालिका ५ छोप्राक घर भएका २९ बर्षिय मनु परियार र ३२ बर्षका नारायण सुनार रहेका छन् ।
केही साता यता गोरखाको विभिन्न स्थानमा चोरी भएको घटनाले आक्रान्त गोरखा प्रहरीले चोरी नियनत्रणका लागि छुट्टै प्रहरी परिचान गरे पछि परियार र सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेका ति युवाहरुबाट प्रहरीले तामाको ताउलोका साथै अन्य केही घरायसी सामान रहेको प्रहरीले जानकारी दिएको छ ।
उक्त युवाहरुले छोप्राककै धनबहादुर भुजेलको घरबाट तामाको ताउलो लगाएतका सामाग्रीहरु चोरी गरेको पुष्टी हुन आएको सूचना अधिकारी एवं प्रनाउ लामिछानेले बताए ।
परियार र सुनारकाे साथबाट प्रहरी बरामद गरेकाे तामाकाे ताउलाे
माघ २२ गते चोरी गरेर फरार भएका उनीहरुलाई फागुन ११ गते ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरिक्षक प्रताप पौडेलको नेतृत्वमा खटिगएको प्रहरीको टोलीले पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेकाहरुलाई चोरी कसूर शिर्षकमा गोरखा जिल्ला अदालतमा मुद्वा दर्ता गरी ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको गोरखा प्रहरीले जनाएको छ ।



