गोरखा । नेपाल लघुवित्त बैंक संघको आयोजनामा आज गोरखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । जिल्ला भित्र कार्य क्षेत्र रहेर काम गर्दै आएका बिभिन्न १३ वटा बित्तिय संस्थाहरुको संयुक्त आयोजना तथा साधना लद्युबित्त बित्तिय संस्थाको समन्वयमा साक्षरता कार्यक्रम गरिएको संघले जनाएको छ ।
साक्षरता कार्यक्रममा बिभिन्न बित्तिय संस्थाका करिब ५०० भन्दा बढी सदस्य तथा ५० जना भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको पूर्वगर्भनर दिपेन्द्र बहादुर क्षेत्रीले बैकिङ्ग क्षेत्रमा देखिएको तरलता समस्याको बाबजुद पनि लघुवित्तले ब्याजदर बृद्धी नगरी सेवा प्रदान गरेको भन्दै प्रसंसा गरेका थिए । उनले लघुबित्तका ग्राहक सदस्यहरुलाई कर्जाको सदुपयोग गर्न अनुरोध गर्दै कर्जा दुरुपयोग गर्दा पर्न सक्ने कठिनाई तथा कानुनी झमेलाको बारेमा सहभागीहरुलाई सचेत गराएका थिए । पूर्व गर्भनर क्षेत्रीले कुनै व्यक्ती वा समुहले भन्दैमा कर्जा मिनाहा नहुने स्पस्ट पारे ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकको पोखरा प्रदेश कार्यालयका उप–निर्देशक नबिना ढकालले लघुवित्तले ग्रामिण अर्थतन्त्र उकास्नको लागि महत्वपूर्ण भूमिका खेलेको बताइन ।
कार्यक्रममा गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेशसागर भुसालले कर्जाको किस्ता नतिर्ने भनि लघुवित्त बिरुद्धको संघर्ष समितिको पछाडी नलाग्न अनुरोध गरे । उनले आफनो कारोबार नबिगारीकन अनुसाशित सदस्यको रुपमा आफुलाई परिचित सदस्यहरु लाग्नुपर्ने भन्दै लघुवित्तले निति विपरीत कार्य गरे कानुनी उपचार खोज्न सुझाव समेत दिए ।
साक्षरता कार्यक्रममा नेपाल लघुवित्त बैंकर्स संघको सचिव तथा सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत केशब पौडेलले समग्र लघुवित्त क्षेत्रको उपलब्धी र पछिल्लो समय लघुवित्त विरुद्धको संघर्ष समितिको नकरात्मक प्रभावको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रम अघि बैकसं संघको आयोजनामा गोरखा सदरमुकामको हरमटारीमा रहेको खेलमैदानबाट घ्याम्पेशाल बसपार्क–अस्पताल रोड–ठुलो आगन–पुरानो बसपार्क हुदै कार्यक्रम स्थलसम्म प्ले कार्ड सहितको वित्तीय साक्षरता याली निकालिएको थियो ।
कार्यक्रममा साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने ग्राहक सदस्यलाई उत्पादनमुलक क्षेत्रमा कर्जा तथा सिप प्रदान गर्दै आएको र अब उत्पादनलाई बजारसंग जोडने अबधारणाको विकास गर्नुपर्ने बताए ।
साधाना लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समितीका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बित्तिय साक्षरता कार्यक्रम ग्रामिण विकास, छिमेकी, डिप्रोक्स, स्वावलम्बन, साधना, जाल्पा, समिट, कालिका, एनआईसी एशिया, ग्लोवल आईएमई, सबैको, मिरमिरे र एनएमवि लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारी र सदस्यहरुको सहभागिता रहेको थियो ।





















