गोरखा । एकीकृत अखिल नेपाल शिक्षक सगठन गोरखाको अध्यक्षमा गणेश सेडाई निर्बिरोध चयन भएका छन् ।
मंगलबार गोरखा सदरमुकाममा रहेको नेकपा माओवादीको पार्टी कार्यालयमा भएको ७औं अधिबेशनले सेडाईलाई अध्यक्षमा निर्विरोध निर्बाचित गरेको हो ।
सोही अधिवेशनले उपाध्यक्षमा देबका भट्टराई, सचिब शिव यादब र कोषध्यक्षमा मीनबहादुर नेपालीलाई निर्विरोध चयन गरेको छ ।
अधिबेशनले २९ सदस्य जिल्ला समिति चयन गरेको सचिब शिव यादबले जानकारी दिए ।
बाबुराम बिकको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाल सरकारका उपप्रधान मन्त्री तथा भौतिक पुर्बाधार मन्त्री नारायणकाजी श्रेष्ठले एक कार्यक्रमका बिच उद्वघाटन गरेका थिए ।
कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा निबर्तमान सांसद हरिराज अधिकारी, अमर तमु, कमला नहर्की, लेख बहादुर थापा, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य टिकाराम श्रेष्ठ, पुर्ब उपाध्यक्ष धुर्बबाबू भट्ट लगाएतको सहभागिता रहेको थियो ।


