साँकेतिक तस्बिर
गोरखा । गोरखा घर भएका १ जना युवकलाई जुवातास खेलेको आरोपमा राजधानीको गैरी गाउँबाट प्रहरीले पक्राउ गरेको छ । उनी संगै प्रतहरील अन्य ७ जनालाई पनि नियनत्रणमा लिएको जनाएको छ ।
राजधानीको नागार्जुन नगरपालिका–२ गैरीगाउँ डेरा गरी बस्ने ४७ वर्षीय उद्दब मल्लको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ बस्ने गोरखा घर भएका २५ वर्षीय भोज प्रताप थापा समेत ८ जनालाई प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३३ हजार ६०० रूपैयाँ र ९ बुक तास सहित फेला पारी पक्राउ गरेको बृत्तले जनाएको छ ।




















