फाईल तस्बिर
गोरखा । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका लागि अहिले बिनियोजन भएको बजेट पर्याप्त नभएको बताए । गोरखा सदरमुकाममा आज भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन गोरखाको सातौ जिल्ला अधिबेशनलाई सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रको बिकासका लागि बजेट पर्याप्त नभएको बताएका हुन् ।
‘शिक्षकहरुको भेलालाई संबोधन गर्दै मन्त्री श्रेष्ठले शिक्षालाई बिकास र सम्बृद्धिको मुख्य कडी मान्ने तर शिक्षा क्षेत्रमा लगानी बढाउन तयार नहुने यो अन्तरबिरोधलाई कायम राखेर सम्बृद्धिको लक्ष्य पुरा नहुने भन्दै बरु रेल बनाउने कार्य केही समय रोके हुन्छ तर शिक्षालाई उन्नत बनाउन बनाउन साधन र स्रोतको पनि व्यवस्था गर्नुपर्ने धारणा ब्यत्त गरे ।
उनले अहिलेको लगनी असाध्यै अपूर्ण रहेको भन्दै शिक्षामा लगानी गर्न कन्जुस्याई गरे देश बन्न नसक्ने बताए । ‘सामुदायिक बिधालयलाई उत्कृष्ट बनाउन सकेमात्र शिक्षा क्षेत्रलाई समाजबादको दिशामा अगाडी बढाउन सकिन्छ, उप्रधानमन्त्री श्रेष्ठले भने, ‘देश रुपान्तरणमा शिक्षा क्षेत्रको बिकास महत्वपूर्ण पाटो हो ।’
विदेशिएका युवाहरुलाई स्वदेश फर्काउनका लागि सम्बृद्ध नेपाल निर्माण गर्न आवश्यक भएको भन्दै शिक्षा क्षेत्रको बिकासका लागि शिक्षकहरुलाई प्रविधिमैत्री बनाउदै मन्त्री श्रेष्ठले शिक्षकहरुको क्षमता बिकासको आबश्यकता रहेको औल्याए ।
उनले शिक्षकहरुले नेपालको राजनीति परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रंससा समेत गरेका थिए ।




















