गोरखा । नेपाल शिक्षक संघ धार्चे गाउँपालिकाको सभापतिमा सुनिल गुरुङ चयन हुनुभएको छ ।
संघका जिल्ला सभापति शिव थापाको प्रमुख आतिथ्यतमा शनिबार भएको दोस्रो अधिबेशनले गुरुङको अध्यक्षतामा २४ सदस्सीय पालिका स्तरीय समिति गठन भएको हो ।
नवगठित समितिको उपसभापति महिला पृति गुरुङ, उपसभापतिमा विरवल गुरुङ, सचिवमा धनबहादुर गुरुङ, अर्थसचिवमा सुजन गुरुङ, सहसचिवमा रामशंकर यादव, महिला सहसचिवमा आशा गुरुङ, अर्थसहसचिवमा रामपति गुरुङ, समावेशी सहसचिवमा सुरेन्द्र गुरुङ, समावेशी सहसचिव महिलामा रसमाया गुरुङ चयन हुनभएको संघले जनाएको छ ।
त्यस्तै सदस्यहरुमा वडा नम्बर १ बाट निसा गुरुङ, वडा नम्बर २ बाट सुन्दरवावु खनाल, वडा नम्बर ३ बाट ३ सुनमाया घले, वडा नम्बर ४ बाट पुजा गुरुङ, वडा नम्बर ५ बाट मेघ गुरुङ , वडा नम्बर ६ बाट पवन लामिछाने र वडा नम्बर ७ बाट दिनेश लामिछाने चयन भएका छन् ।
महिला सदस्य तर्फ भने प्रेरणा गुरुङ, सुबास्ना गुरुङ, सुकमाया गुरुङ चयन हुनुभएको संघले जनाएको छ । त्यस्तै खुल्ला सदस्य तर्फ निरज खनाल, टक बहादुर गुरुङ, रोसनी कुमाल र सागर गुरुङ चयन भएका छन् ।
अधिेबेशनमा नेपाली काँग्रेस गोरखाका पार्टी सहसचिव लुमनाथ लामिछाने, महासमिति सदस्य फुलमाया गुरुङ नेविसंघ जिल्ला सभापति सुवास अधिकारी, नेपाली काग्रेस धार्चे गाउँपालिका पार्टी समितिका सभापति सन्तोष गुरुङ लगायतको सहभागिता रहेको थियो ।


