गोरखा । जिल्ला सदरमुकामको देउराली क्षेत्रमा खुर्पा लिएर गाउँले तर्साउने १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हातमा खुर्पा लिएर गाउँमा अशान्ति मच्चाएको भन्दै गोरखा नगरपालिका–१४ देउराली जुम्लाङका २७ बर्षिय बिक्रम लामालाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो ।
लामाले फागुन २ गते हातमा खुर्पा लिएर गाउँ–टोल, छर–छिमेमीलाई धाक–धम्की दिदै हिडेको भन्ने स्थानियको गुनासो पछि फागुन ३ गते प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका लामालाई अभद्र ब्यवहार गर्न नहुने कसूर शिर्षक अन्तरर्गत जिल्ला प्रशासन कार्यालयमा मुद्वा दर्ता गरीएको छ । प्रहरी हिरासतमा रहेका लामालाई १० दिनको म्याद लिएर अनुसन्धान थालिएको प्रहरी कार्यालयले जानकारी दिएको छ ।



