गोरखा । गोरखाको बक्राङमा भिरबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्तक महिला शहिद लखन गाउँपालिका–१ बक्राङ गैरी गाउँकी ५२ बर्षिया मिनमायाँ थापा मगर भएको पुष्टी जिल्ला प्रहरी कार्यालयले पुष्टी गरेको हो ।
मृत्तक थापा मंगलबार दिउसो घर नजिकै रहेको धुर्सी खोला भिरमा गाईबस्तुलाई घाँस काट्ने क्रममा भिरबाट लडेको उनका छोरा बाबु थापा मगरले बताए ।
घाँस काट्न गएकी मिनमायाँ भिरबाट करिब ५० मिटर मुनी रहेको कच्ची सडकमा बजारिएको र उनको घटना स्थलमा नै मृत्यु भएको थियो ।
मृत्तक महिलाको बुधबार गोरखा अस्पतालमा पोष्टमार्टम पछि शव मृत्तकका आफन्तलाई जिम्मा लगाएको गोरखा प्रहरीले जानकारी दिएको छ ।


