गोरखा । अबदेखी राष्ट्रिय परिचय पत्रको अनलाइन फर्म निशुल्क भर्न सकिने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले एउटा सूचना जारी गर्दै निशुल्क फर्म भर्न प्रशासनमा सम्र्पक गर्न भनेको हो ।
प्रशासनले आज जारी गरेको सूचनामा परिचयपत्रको निशुल्क फर्म भर्न प्रशासनको कोठा नम्बर १०८ मा सम्पर्क गर्न भनेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले हस्ताक्षर गरेको सूचनामा हालका लागि ५० बर्ष नाघेका र शारीरिक रुपमा फरक क्षमता भएका ब्यक्तिहरुलाई निशुल्क अनलाइन फर्म भर्न सम्र्पक राख्न भनेको हो ।





















