गोरखा । सदरमुकामको द्रब्यशाहमा भएको अराजक घटनाको दोषीलाई कानूनी दायरामा ल्याउन नेपाल बिद्यार्थी संघले प्रशासन संग माग गरेको छ ।
मंगलबार बिहान गोरखा नगरपालिका–९ को लक्ष्मी बजारमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीलाई कुटपिट र उनको कार्यकक्षमा क्षति पु¥र्याउने सबैलाई कानूनी दायरामा ल्याउन संघले बिज्ञप्ती माग राखेको हो ।
क्याम्पसका इकाई समितिका सचिव अविन श्रेष्ठद्वारा जारी बिज्ञप्तीमा कुनै पनि बहानामा दोषीलाई उन्मुक्ती दिइएमा आन्दोलन गर्न बाध्य हुने भन्दै प्रशासनलाई चेतावनी समेत दिइएको छ ।
जारी बिज्ञप्तीमा ‘अखिल क्रान्तिकारी द्रब्यशाह क्याम्पस इकाई अध्यक्ष एवं गोरखा नगरपालिकाका मेयरका स्वकीय सचिव अनिस अर्यालको नेतृत्वमा गोरखा नगरपालिकाको बा.प्र.३–०२–०१४ व ६७१३ नम्बरको सरकारी मोटरसाईकल समेत प्रयोग गरी आएका क्याम्पसका बिद्यार्थी समेत नरहेको जिल्ला समन्वय समिति गोरखाको प्रमुख स्वकीय सचिव राजन आले मगर, अखिल क्रान्तिकारीका बिण्णु पाण्डे, अमृत श्रेष्ठ, सुवास तामाङ लगायतका १०÷११ जनाको समूहले क्याम्पस प्रमुखलाई हातपात तथा क्याम्पस प्रमुखको कार्यकक्ष तोडफोड’ गरको भन्दै ‘बिद्यार्थी नै नभएका मानिसहरुद्वारा आक्रमण हुनाले समग्र क्याम्पसको शैक्षिक बातावरणलाई नै त्रसित बनाएको छ’ भनिएको छ ।
‘घटनाले क्याम्पसमा कार्यरत प्राध्यापक कर्मचारी र पढ्ने सम्पूर्ण बिद्यार्थीहरुको सुरक्षामा गंभिर प्रश्न खडा भएको छ’ भन्दै ‘यस्तो क्रियाकलाप कुनै पनि राजनितिक तथा बिद्यार्थी संगठनबाट हुन सक्दैन’ बिज्ञप्तीमा भनिएको छ ।
संघले क्याम्पसमा समग्र सुरक्षाको प्रत्याभुती गराउन प्रशासन संग माग गर्दै हाम्रा मागहरु माथि वेवास्ता भएको खण्डमा क्याम्पस बन्द गरी अनिश्चित कालिन पठन पाठन समेत बन्द गरिने चेतावनी दिइएको छ ।
मंगलबार बिहान ८ः१५ बजे माओवादी कार्यकताहरुको एक हुलले क्याम्पस प्रमुखलाई दुर्व्यवहार गर्नुका साथै उनको कार्यकक्षमा तोडफोढ गरेका थिए ।





















