गोरखा । गोरखा क्याम्पसमा आज पुस्ता हस्तान्तरण सम्वन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा रहेको शिक्षक तथा बिद्यार्थीहरुलाई प्रशिक्षण गराईएको हो ।
जेष्ठ नागरिक संघ गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा भएको उक्त प्रशिक्षण कार्यक्रममा डा.गोबिन्द टण्डनले प्रशिक्षण गराएका थिए ।
कार्यक्रमको पानसमा बत्ति बालेर उद्घाटन गर्दै प्रमुख अतिथी रहेको गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले आवश्यतामा आधारित शिक्षा नहुदा पनि अहिलेको पुस्ताले धेरै कुरा सिक्न नपाएको भन्दै अहिलेको पुस्तालाई पुरानो पुस्ताका आतिथ्य कुराहरु सिकाउन जरुरी भएको बताए ।
प्रमुख अतिथी राना मगरले बावु बाजेको पेशा अंगाल्न नसक्दा र कृषिमा आधुनिकीकरण हुन नसक्दा सामान्य अध्ययन लगत्तै युवा युवती विदेश जानुपर्ने बाध्यता भएकाले पनि पुराना पुस्ताका कुराहरु अहिलेका युवाहरुले जान्ने अवशर नपाएको धारणा ब्यत्त गरे ।
संघले पुस्ता हस्तान्रण कार्यक्रम गर्नुपर्ने कारणका बारेमा जानकारी दिदै जेष्ठ नागरिक संघका यादव शर्माले राज्यले जेष्ठ नागरिकलाई हेयको दृष्टिले हेरेको गुनासो गर्दै राज्य आफै पनि जेष्ठ नागरिकलाई घरमा नराखी बृद्वाश्रममा राख्न ठुल–ठुला लगानी गरेको आरोप लगाए ।
प्रशिक्षक डा.टण्डनले हिजोको पुस्ताले गरेका राम्रा कामहरुको उदाहरण दिदै आजको पुस्तालाई पनि हिजोको पुस्ताको जस्तै ब्यवहारीक हुन र आफुभन्दा ठुलालाई सम्मान गर्न सिक्नुपर्ने तर्फ जोड दिए ।
उक्त अवशरमा डा.टण्डनद्वारा लिखित ‘सस्कृती’ नामक पुस्तक गोरखा क्याम्पसका लाईब्रेरीमा रहने गरी संघले ७ थान पुस्तक क्याम्पस प्रमुख रामशरण बानियाँलाई हस्तान्रण गरेका थिए ।
कार्यक्रममा क्याम्पसका प्राध्यापक, सहप्राध्यापक, कर्मचारी तथा बिद्यार्थीहरु गरी १२५ जनाभन्दा बढीको सहभागिता रहेको संघका उपाध्यक्ष दिलबहादुर बस्नेतले जानकारी दिए ।






















