गोरखा । गोरखा सदरमुकामकी एक महिललाई ब्लड क्यान्सर भएपछि उपचारमा सघाउन सबैले आग्रह गरेका छन् । ब्लड क्यान्सर भएकी रमिला लामिछाने गरिब घर परिवारको भएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरिएको हो ।
दारी ग्याङले रमिला बचाउ अभियान चलाउदै उनको उपचारमा सहयोग गर्न भनेको हो । गोरखा नगरपालिका–६ पोखरीथोक घर भएकी उक्त महिलाको हाल राजधानीको जाउलाखेलमा रहेको ब्लड हस्पिटलमा उपचार भईरहेको छ ।
दारी ग्याङका गोरखा अध्यक्ष सुमन कार्कीका अनुसार रमिलालाई बचाउ आजैबाट सहयोग माग्न सुरु गरिएको हो । कार्कीका अनुसार आज मात्रै २ जनाले ३ हजार ५०० नगद सहयोग गरेको जानकारी दिए ।
२९ बर्षिया रमिलाको उपचारको लागि परिवारले खर्च गर्न सक्ने अवस्थामा नभएकोले सहयोगीहरु संग सहयोग मागिएको अध्यक्ष कार्कीले जानकारी दिए । पिडित महिलाको ४ बर्षका छोरा समेत रहेका छन् ।
प्राप्त सहयोग सामाजिक सञ्जाल मार्फत सबैलाई सार्वजनिक गरिने भन्दै अध्यक्ष कार्कीले विदेशमा रहेका साथीहरुबाट पनि सहयोगको बचन आएकोले केही दिनभित्रै सहयोग रकम रमिलाको परिवारलाई हस्तान्तरण गर्ने बताए ।
रमिलाको उपचारको लागि सहयोग गर्न ईच्छा भएका ब्यत्तिहरुले सुमन कार्कीको ईसेवा नम्बर ९८५६०४०२०४ वा प्रभु बैंकको गोरखा शाखामा रहेको खाता नम्बर ०८२००६८३९७६०००११ मा जम्मा गर्न सकिने छ ।


