गोरखा । गोरखाको बुंकोट घाटमा हुन लागेको भिमविरेश्वर महादेव आध्यामिक महोसत्वको लागि काठमाडौं पनि छफलफ गरिएको छ । राजधानीमा भएको छलफलमा विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको मुल समारोह सहितिका संयोजक सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।
शनिबार भएको छलफलमा फागुन ६ गते भिमविरेश्वर महादेव प्राङगणमा हुने महाशिब रात्री पर्व मेलामा वृहत्त भेला गरी मुल समारोह सहितिलाई पूर्णता दिने सहमती भएको छ । भिमविरेश्वर महादेव आध्यामिक महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञका राजधानी उप संयोजक विशाल थापाले बताए ।
थापाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा ३२ विभिन्न उप समितिको उप संयोजक समेत सोही दिनमा तोक्ने गरी छलफल टुगिएको थापाले जानकारी दिए ।
छलफल कार्यक्रममा मुल समारोह समितिका संयोज थापा सहित महा सचिव नारायण लामिछाने, सचिव भरत खनालका साथै गोरखा गोरखा जिल्ला घर भई राजधानीको विभिन्न क्षेत्रमा विभिन्न पेशा तथा ब्यवसायमा संलग्न बुद्विजिवी, समाजसेवी, शिक्षा विदका साथै १०० जनाभन्दा बढी सर्व साधारणको सहभागिता रहेको नामजुङ सेवा समाजका उपाध्यक्ष दिनेश थापाले जानकारी दिए ।
आयोजकका अनुसार महोत्सवको नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उदघाट्न गर्ने र समापन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्ने तय भएको छ ।
महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुद्वारा आ–आफ्ना कलाको प्रस्तुती पनि हुने छ ।
फागुन २३ गतेबाट सुरु भएर ३० गते सम्पन्न हुने महोत्सवको मुख्य बाचक पंण्डित दिनबन्धु पोखरेल रहने छ । उक्त अवधिमा १ करोड ५० लाख रुपैयाँ संकलन हुने पनि आयोजकले अनुमान गरेको छ ।



