गोरखा । चिकित्सक र सरकार बिच भएको बार्तामा सहमती भए लगत्तै गोरखा अस्पतालका चिकित्सकहरु काममा फर्किएका छन् ।
वार्तामा नेपाल चिकित्सक संघ र सरकारीबीच ६ बुँदे सहमति लगत्तै दिउसो १२ बजेर १५ मिनेट पछि चिकित्सकहरु काममा फर्किएका हुन् ।
सहमतिसँगै चिकित्सक संघले आज घोषणा गरेको देशभरको अस्पतालको आकस्मिक बाहेकका सेवा नदिने आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।
सहमतिमा माघ २७ गते दिनको ४ः१५ बजेको समयमा राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि चिकित्कसकलाई कुटपिट गर्ने प्रहरीलाई १ हप्ताभित्र छानविन सम्पन्न गरी दोषीदेखिए कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने सहमति भएको छ ।
चिकित्सक संघ र सरकारबीच बिहान ८ बजेदेखि सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा सरकार र चिकित्सक संघका प्रतिनिधिबीच वार्ता भएको थियो ।
माघ २७ गते राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकलाई सुरक्षाकर्मीले लाठी प्रहार गरेर घाइते बनाए पछि आजको लागि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो ।
सहमती भएका बुदाहरु






