गोरखा । खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल गोरखा शाखाको दोस्रो अधिबेशनबाट पुनः देबिप्रसाद श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । शनिबार गोरखा सदरमुकाममा भएको भेलाले श्रेष्ठलाई सर्व सम्मत चयन गरेको हो ।
गोरखा जिल्ला भरि रहेका ७४ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरुको भेलाले उपाध्यक्षमा कल्पना नेपाली, सचिब पुरुषोतम ढकाल, कोषध्यक्ष केशर सिह बस्नेत र सह–सचिब मनिषा श्रेष्ठलाई सर्व सम्मत चयन भएको छ ।
कार्यक्रममा कोषध्यक्ष सुजन कुबँरको आर्थिक प्रतिबेदन र सचिब पुरुषतोम ढकालको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
महासंघले बिगतदेखि जिल्ला भित्र बहस पैरबी, खानेपानी मुहान दर्ताका साथै खानेपानीको बिबाद भएको ठाँउमा समस्याको समधान गर्दै आएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापा मगर प्रमुख अतिथी, महासंघका केन्द्रिय सदस्य शिव केसि विशेष अतिथी, जिल्ला समन्वय समितिका सदस्य मोहन ढकाल र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाका प्रतिनिधि तुलसी गुरुङ लगाएतको सहभागिता रहेको थियो ।





















