गोरखा । नेकपा माओवादी केन्द्रले गोरखाका ३ जनालाई बैकल्पिक केन्द्रीय सदस्यमा चयन गरेको छ ।
माओवादी केन्द्रको माघ २२ गते केन्द्रिय कार्यालयमा भएको बैठकले लोकप्रसाद बन्जरा, बिष्णुप्रसाद भट्ट र धना तमुलाई सदस्यमा चयन गरेको हो ।
सदस्यमा चयन भएका बन्जरा भिमसेनथापा गाउँपालिका अध्यक्ष हुन भने भट्ट बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष र तमु माओवादी केन्द्र गोरखा नगरपालिकाका इन्चार्ज हुन् ।




















