गोरखा । फागुन १ गते जनयुद्व दिवश मनाउन गोरखाको ३ वटा स्थानिय तहले सार्वजानिक बिदा दिने भएको छ ।
जिल्लाको बारपाक सुलिकोट, भीमसेन थापा र गण्डकी गाउँपालिकाले जनयुद्ध दिवस मनाउन फागुन १ गते सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।
तिनै वटा स्थानिय तहको गाउँकार्यपालिकाले विभिन्न मितिमा बसेको बैठकले जनयुद्ध दिवस मनाउनको लागि सार्बजानिक बिदा दिने निर्णय गरेको थियो ।
सार्वजनिक बिदाको दिन गाँउकार्यपालिकाको कार्यालय, पालिका अन्तर्गतका कार्यालयहरु र शौक्षिक संस्थाहरुमा बन्द हुने गाउँपालिकाहरुले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
गण्डकी गाउँपालिकाले जारी गरेको सूचना



