गोरखा । यातायात क्षेत्रको बृहत्तर सुधार गर्न आवश्यक भएको भन्दै विभिन्न ३ यातायात मजदुर संगठनहरुले आज जिल्ला प्रशासन कार्यालयमा मागपत्र पेश गरेका छन् । यातायात श्रमिक आतंकित र ब्यवसायीहरु अुसरक्षित भएको भन्दै सुधारको लागि ति संघ संगठनले प्रजिअ मार्फत उप–प्रधान तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई मागपत्र पेश गरेको हो ।
विण्णुबहादुर खत्री क्षत्री अध्यक्ष रहेको नेपाल स्वतन्त्र यातायात मजदुर संगठन, किरणबावु पन्त अध्यक्ष रहेको नेपाल यातायात मजदुर संघ र सर्यभक्त पौडेल अध्यक्ष रहेको अखिल नेपाल यातायात मजदुर संघले आज जिल्ला प्रशासन कार्यालय गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषाल मार्फत उप–प्रधान तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई मागपत्र पेश गरेका हुन् ।
ति संघ संगठनहरुले ६ पृष्ठ लामो मागपत्र पेश गर्दै यातायात ब्यवस्था विभाग, कार्यालय र ट्राफिक प्रहरीहरु ऐन विपरित चल्न थालेका कारण यातायात श्रमिक आतंकित र ब्यवसायीहरु अुसरक्षित भएको भन्दै सुधारका लागि मागपत्र पेश गरेको जनाएको छ ।
यातायात क्षेत्र संग सम्वन्धीत ति विभाग र कार्यालय तथा कर्मचारीहरुको मनोपोलिका कारण लासेन्स निलम्बरहुने र मनखुशी जरिबाना तोक्दा यातायात श्रमिक आतंकित र ब्यवसायीहरु अुसरक्षित भएको भन्दै आफ्ना मागहरु १५ दिन भित्र संबोधन गर्न भनेको छ । समय सिमा भित्र माग संबोधन नभएको खण्डमा सबै सेवाहरु रोकेर आन्दोलन गर्न बाध्यहुने चेतावनी समेत मागपत्रमा राखिएको छ ।
उनीहरुले ऐन,कानुनको कार्यान्वयन र ट्राफिक प्रहरीको आतंक नियन्त्रण गर्न, सडकमा पिक एण्ड ड्रपको ब्यवस्था, पूर्वाधार बिकास र पार्किङको ब्यवस्था गर्न, प्रदुषण जाँच र जरिबानाको त्रास नियन्त्रण गर्न, ऐन र नियमावली संशोधन गर्न, यातायात क्षेत्रको सुधार पुनःजागरण गर्न राष्ट्रिय यातायात प्राधिकरण गठन गर्न भारत र चिनको सिमानामा हुने आतंक नियन्त्रण गर्न, सुरक्षित भविष्यको निश्चितता गर्दै योगदानमा आधारीत सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्न, रोड सेफ्टी काउन्सिल गठन गर्न र दिर्घकालिन समाधानका लागि आयोग गठन गर्न माग गरेका छन् ।
यातायात मजदुरहरुले बुझाएकाे मागपत्र








