साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकाममा एक महिलाको हत्या आरोपमा प्रहरीले उनको जेठाजुलाई पक्राउ गर्न सफल भएको छ । गएको मंगलबार अर्थात माघ २४ गते गोरखा नगरपालिका–१२ रत्नेटार घर भएकी ३० बर्षिया बिमला कुमाल मृत्त अवस्थामा फेला परेको थियो ।
३० बर्षिया कुमाल घर भन्दा १ किलो मिटर पर रहेको केराघारीमा घोप्टो अवस्थामा मृत्त फेलापारेकी थिइन । तत्कालै स्थानियले घटना सुनियोजित भएको भन्दै प्रहरी गहन अनुसन्धान गर्न भनेको थियो ।
घटना लगत्तै फरार भएका चन्द्रबहादुर कुमाललाई प्रहरी भारत तर्फ भाग्दै गर्दा नेपाल भारतको सिमा नाका महेन्द्रनगरबाट हिजो (बुधबार) राती पक्रन सफल भएको मृत्तकका आफन्तले जानकारी दिए । पक्राउ परेका कुमाललाई आजै राती गोरखा ल्याइदै छ ।
बिमलाको शव मंगलबार दिउसो १ बजेको समयमा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृत्तक महिलाको श्रीमान बिदेशबाट आउदै गरेका कारण शव गोरखा अस्पतालको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी लामिछानेले बताए ।
स्थानियले दिएको जानकारी अनुसार विवाहीत महिलाको १४ बर्षको छोरा र १२ बर्षको छोरी छन् ।




















