गोरखा । नामजुङको बुंकोटघाटमा हुन लागेको भिम्विरेश्वर अध्यात्मिक महोत्सवको लागि १ हजार १ जनाको मुल समारोह समिति निर्माण हुने भएको छ । उक्त स्थानमा फागुन २३ गतेदेखी ३० गतेसम्म अध्यात्मिक महोत्सव हुदै छ ।
मुल समारोह समितिका संयोजक सुरेन्द्र थापाको अध्यक्षतामा नामजुङमा भएको भेलाले मुल समारोह समितिमा १ हजार १ जना सदस्य बनाउने निर्णय गरेको आयाेजक नामजुङ सेवा समाजका प्रथम उपाघ्यक्ष दिनेश थापाले जानकारी दिए ।
वडा कार्यालयमा भएको भेलाले फागुन ६ गते महा शिव रात्रिको दिनमा भिम्विरेश्वर महादेवको प्राङगणमा भेला गरी सोही दिन समितिलाई पुर्णता दिने र सबै उप समितिको संयोजकहरु तथा उपसमिति निर्माण गरी सह–संयोजकहरु तोक्ने निर्णय समेत भएको छ ।
समाजसेवी, शिक्षक तथा भद्र भलादवीहरुको उपस्थिती रहेको उक्त भेलाले उक्त दिन बुद्धिजीवीहरुलाई उपस्थिति गराउने कार्यको जिम्मेवारी भने जन शक्ति माविका प्रअ चिरञ्जीवी काप्रीलाई दिएको छ ।
साथै वडा कार्यालयमा भएको भेलाले माघ २८ गते काठमाडौमा संयुक्त भेला गर्ने तथा मुल समारोह समितिको आर्थिक कारोबारको लागि ‘क’ बर्गको बैंकमा खाता खोल्ने निर्णग गरेको छ ।





















