गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले फागुन १ गते सार्वजानिक बिदा दिने भएको छ ।
गाउँपालिकाले जनयुद्ध दिवसको अबसरमा फागुन १ गते सोमवार सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।
माघ १६ गते बसेको गाउँकार्यपालिकाको बैठकले जनयुद्ध दिवसको अवसरमा पालिका भित्र सार्बजानिक बिदा दिने निर्णय गरेकाे थियो ।
सार्वजनिक बिदाको दिन गाँउकार्यपालिकाको कार्यालय, पालिका अन्तर्गतका कार्यालयहरु र शौक्षिक संस्थाहरुमा बन्द हुने गाउँपालिकाले सूचनामा उल्लेख गरेको छ ।
जनयुद्ध दिवसको अबसर पारेर पालिकाले अन्तर मावि स्तरीय बक्तृत्वकला प्रतियोगिताको समेत आयोजना गरेको छ । ‘राष्ट्र निर्माणमा शहिदको योगदान’ शिर्षकमा बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको गाँउपालिकाले जनाएको छ ।
त्यस्तै गरी दिवसको अबसरमा पालिका भित्र जनयुद्धमा सहादत प्राप्त गरेका शहिदहरुको संम्झनामा दिपप्रज्वलन कार्यक्रम राखिएको छ ।


