गोरखा । गोरखा सदरमुकाममा आज दिउसो मृत्त महिला फेला परेकी छिन् । गोरखा नगरपालिका–१२ घर भएकी महिला मंगलबार दिउसो मृत्त अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।
मृत्तक सोही वडाको रत्नेटार घर भएकी ३० बर्षिया बिमला कुमाल भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
मृत्तक महिला घर भन्दा १ किलो मिटर पर रहेको केराघारीमा मृत्त अवस्थामा फेला परेको भन्दै स्थानियले घटना सुनियोजित भएकाले गहन अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको छ ।
महिलाको शव दिउसो १ बजेको समयमा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । महिलाको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी लामिछानेले बताए ।
स्थानियले दिएको जानकारी अनुसार विवाहीत महिलाको १४ बर्षको छोरा र १२ बर्षको छोरी छन् ।




















