गोरखा । प्रेस चौतारीको स्थापना दिवशको अवशरमा गोरखा कारागारलाई पुस्तक हस्तान्तरण गरिएको छ । प्रेस चौतारीले आफ्नो २५औं स्थापना दिवशको अवशर पारेर गोरखा कारागारलाई पुस्तक हस्तान्तरण गरेको हो ।
चौतारीको गोरखा शाखाले कारागारमा रहेको बन्दीहरुले अध्ययनगर्न पावस भन्ने उद्वेश्यका साथ २३ थान पुस्तक हस्तान्तरण गरिएको प्रेस चौतारी गोरखा शाखाका अध्यक्ष अश्विन दानीले जानकारी दिए ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य एवं कार्याक्रमका प्रमुख अतिथी किरण लोहनीले कारागार भित्र रहेका कैदी बन्दीहरुले अध्ययन गर्न सहज होस भन्ने उद्वेश्यका साथ विविध बिधाको पूस्तक हस्तान्तरण गरिएको बताए । केन्द्रिय सदस्य लोहनीले यो केबल साँकेतिक मात्र भएकोले कारागारलाई आवश्यक परे अन्य पुस्तकहरु समेत उपलब्ध गराउन चौतारी तयार रहेको समेत बताए ।
चौतारीको गोरखा शाखाले आज कारागारलाई धार्मिक, कानून, आख्यान तथा स्वास्थ्य संग सम्वन्धित पुस्तकहरु उपलब्ध गराईएको कारागार शाखा गोरखाका प्रमुख गणेशप्रसाद भट्टराईले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


