गोरखा । गोरखा नगरपालिकाको नारेश्वरका निशुल्क स्वास्थ्य शिविर सम्पन भएको छ । गोरखा अस्पताल र गोरखा नगरपालिकाको संयुक्त आयोजनामा १ दिने निशुल्क स्वास्थ्य शिविरको सम्पन्न भएको हो ।
गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीका अनुसार शिविरमा ३६३ जनाले सेवा लिएका थिए । जसमध्ये १७७ जनाले नसर्ने रोगको परिक्षण गराएका थिए भने ३८ जनाले प्रारम्भिक क्यान्सारको जाँच गराएका प्रमुख रेग्मीले जानकारी दिए ।
शिविरमा ३१ जनाले क्षयारोग परीक्षण, १०६ जनाको मधुमेह र ११ जना गर्भबती महिलाको भिडियो एक्सरे जाँच गरिएको गोरखा अस्पताल प्रशासनले जानकारी दिएको छ ।
शिविरमा बिषेशज्ञ चिकित्सक गुणराज लोहनी, गोरखा अस्पतालका निमित्त सुपरिटेन्डन डा.हरिकुमार श्रेष्ठ, ईन्टरनल मेडिसियन बिशेषज्ञा डा.कुशलजंग जोशी र मेडिकल अधिकृत अर्जुन सापकोटा सहितको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए ।
शिविरमा उपचार सेवा लिन आएका बिरामीहरुलाई निशुल्क औषधी बितरण बितरण गरिएको थियो ।
शिविरको उद्घाटन शत्रमा गोरखा नगरपालिकाका मेयर कृण्णबहादुर राना मगर र उप मेयर मसली मायाँ थोकर पुनः समेत उपस्थित थिए ।


