×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

फेसबुकले यसरी गुपचुप सिध्याउँछ फोनको ब्याट्री

  •  गोरखा समाचार
  • शनिबार, माघ २१, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फेसबुकका पूर्वकर्मचारी जर्ज हेवार्ड

    एजेन्सी । के तपाईंको फोनको ब्याट्री तीव्र गतिमा सकिने गरेको छ ? तपाईंले आफ्नो फोनमा फेसबुक लगायतका कतिवटा एपहरु इन्स्टल गर्नुभएको छ ? उसो त कतिपय एपले फोनको ब्याट्री खपत उच्च गर्दछन् र ब्याट्री लाइफ घटाउने गर्दछन् । तर कतिपय एपले भने उनीहरुकै फाइदाका लागि प्रयोगकर्ताको ब्याट्री सिध्याइरहेका हुन्छन् । फेसबुकका बारेमा पनि यस्तै समाचार बाहिरिएको छ ।

    विश्वका करीब ३ अर्ब मानिस फेसबुक प्रयोग गर्दछन् । फेसबुक चलाउँदा चलाउँदा फोनको ब्याट्री रित्तिएको समेत कतिलाई पत्तो हुदैन । तर फेसबुक चलाइरहेको बेलामा मात्र होइन फेसबुकले अघिपछि समेत गुपचुप रुपमा फोनको ब्याट्री प्रयोग गरेर सिध्याइदिने गरेको खुलासा भएको छ । प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्रीलाई फेसबुकले आफ्नो फाइदाका लागि उपयोग गर्ने गर्दछ । फेसबुककै एक पूर्व कर्मचारीले यसको खुलासा गरेका हुन् ।

    कम्पनीका ती पूर्व कर्मचारीका अनुसार फेसबुकले जानीजानी प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्री रित्याइदिने गरेको छ । नेगेटिभ टेस्टिङ भनिने प्रक्रियाका क्रममा फेसबुक एपले प्रयोगकर्ताको स्मार्टफोनको ब्याट्रीको उर्जा खपत गर्दछ । उनले यही विषयमा फेसबुक विरुद्ध अमेरिकाको एक संघीय अदालतमा मुद्दा हालेका छन् ।

    के हो नेगेटिभ टेस्टिङ ?

    डेटा वैज्ञानिक समेत रहेका फेसबुकका पूर्व कर्मचारी जर्ज हेवार्डले यसको बारेमा जानकारी दिएका हुन् । उनका अनुसार फेसबुकले Negative Testing गर्दछ, जसबाट कुनैपनि प्रयोगकर्ताको मोबाइल फोनको ब्याट्री तीव्र गतिमा रित्तिन्छ । यो प्रकारको परीक्षण उसले आफ्नो प्लाटफर्मका विभिन्न फिचरहरुको जाँचका लागि गरिरहेको हुन्छ ।

    एप कति तीव्र रुपमा चलिरहेको छ तथा एपमा के के समस्या छन् भन्ने पत्ता लगाउन पनि यो परीक्षण गरिन्छ । तर फेसबुकले यो सबै गरिरहँदा प्रयोगकर्ताले भने त्यसको कुनै पत्तो पाउँदैनन् ।

    जागिरबाट बर्खास्त

    शोधकर्ताहरुले सोसल मिडिया कम्पनीको यस्तो गतिविधिलाई हानिकारक भनेका छन् । ३३ वर्षीय पूर्व कर्मचारी जर्ज हेवार्डका अनुसार उनले त्यस विषयमा फेसबुकका व्यवस्थापकसँग कुरा गरेका थिए । तर फेसबुक व्यवस्थापनले भने केही मानिसलाई नोक्सान पुग्दा धेरै मानिसहरुलाई लाभ पुगिरहेको जवाफ दिए । उनले फेसबुक विरुद्ध म्यानहटन संघीय अदालतमा मुद्दा दायर गरेका छन् ।

    फेसबुक मेसेन्जर एपमा काम गर्ने ती पूर्व कर्मचारीलाई फेसबुकले प्रयोगकर्ताहरुको एपमा नेगेटिभ टेस्टिङ गर्ने जिम्मा दिएको थियो, तर उनले अस्विकार गरे । त्यसपछि उनलाई गत नोभेम्बरमा फेसबुकले जागिरबाट बर्खास्त गरको थियो । उनी स्न् २०१९ देखि फेसबुक कम्पनीमा कार्यरत थिए ।

    नेगेटिभ टेस्टिङ कति प्रयोगकर्तामाथि परेको छ भन्ने एकिन तथ्यांक नरहेको पनि उनले बताएका छन् । तर आन्तरिक तालीमका क्रममा फेसबुकले आफुलाई How to run thoughtful negative tests शीर्षकको तालीम सामाग्री उपलब्ध गराएको र त्यसबाटै धेरै प्रयोगकर्ताहरु नेगटिभ टेस्टिङको सिकार बनिरहेको उनको दाबी छ ।

    आफूले त्यो भन्दा डरलाग्दो कागजात आफ्नो जीवनमा अरु कुनैपनि नदेखेको उनको भनाइ छ । तर फेसबुकको मातृ कम्पनी मेटाले भने यस बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, माघ २१, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.