साँकेतिक तस्बिर
ललितपुर । गोरखा जिल्ला आरुपोखरी घर भएका १ युवकलाई नाबालिकालाई बलात्कार गरेको आरोपमा राजधानीको ललितपुरबाट पक्राउ परेका छन् । उनले १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेको प्रहरी वृत्त सातदोबाटोले पुष्टी गरेको हो ।
गोरखा जिल्ला आरुघाट गाउँपालिका–८ आरुपोखरी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले आइतबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


