गोरखा । नेपाल कम्यूनिष्ट पार्टी एमालेको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन गोरखाको अध्यक्षमा प्रताप ढकाल चयन भएका छन् ।
शनिवार जिल्ला सदरमुकाममा भएको १४ औँ जिल्ला अधिवेशनले ढकालको अध्यक्षतामा २३ जना सदस्यीय कमिटि गठन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा सुरज श्रेष्ठ, सचिवमा प्रमिला खड्का, सह–सचिव मिलन बराम र कोषाध्यक्ष बिक्रम तामाङलाई चयन गरेको छ ।
अनेरास्ववियूका उक्त अधिवेशनमा केन्द्रिय उपाध्यक्ष आरसी लामिछाने, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङ, नेकपा एमाले गण्डकी प्रदेश सदस्य बाबुराम थापा, अनेरास्ववियू प्रदेश कमिटि संयोजक प्रकाश पौडेल, सह संयोजक एवं गोरखा जिल्ला ईन्चार्ज प्रविण श्रेष्ठ, अनेरास्ववियू गोरखाका पूर्व अध्यक्ष भिमलाल श्रेष्ठ, नेकपा एमालेका प्रदेश सदस्य दिनेश तमु, नेकपा एमालेका जिल्ला उपाध्यक्ष कृष्ण नेपाली, सचिव काजिराम रोका लगायतले शुभकामना मन्तब्य राखेका थिए ।



