साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकाममा आज बिहान करेन्ट लाग्दा सहचालक गंभिर घाईते भएका छन् । गोरखा नगरपालिका–८ को खुल्लुबोटे क्षेत्रमा करेन्ट लागेर सहचालक सिरानचोक गाउँपालिकाका १९ बर्षिय सुनिल गुरुङ गंभिर घाईते भएका हुन् ।
घाईते गुरुङको गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि चितवन स्थित पुरोना मेडिकल कलेज पठाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।
गोरखा नगरपालिका–८ को खुल्लुबोटेमा रहेको नेपाल राष्ट्रिय भू.पु.सैनिक आवासिय बिद्यालयको स्कुले बिद्यार्थीहरुलाई स्कुल लाने क्रममा बाटोमा लत्रिएको नेपाल बिद्युत प्राधिकरणको तार हातले पन्छाउने क्रममा गुरुङलाई करेन्ट लागेको थियो । गुरुङको नाम र कानबाट रगत बगे लगत्तै थप उपचारको लागि चितवन पठाईएको गोरखा अस्पताल प्रशासनले जानकारी दिएको छ ।
बा. ३ ख ९०७५ नम्बरका बसका सहचालक गुरुङलाई बिहान ९ः३० बजे करेन्ट लागेको थियो ।


