साँकेतिक तस्बिर
गोरखा । गोरखाको मसेलमा १ जना पुरुष मृक्त फेला परेका छन् । भिमसेन थापा गाउँपालिका–१ को मसेल खाइथोक स्थित परालको टौवामा मृक्त फेला परेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
a
मृत्तक ब्यक्ति सिरानचोक गाउँपालिका–७ सिम्ले घर भएका २७ वर्षीय टेक बहादुर बराम भएको पुष्टी भएको छ । मसेलमा ट्रष्टको काम गर्न गएका बराम खाईथोकस्थित परालको टौवा छेउमा बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
बरामको बिहीबार नै गोरखा अस्पतालमा पोष्टमार्टम पछि परिवारलाई शव बुझाईएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।


