गोरखा । गोरखामा १ पारिवारले पितृको सम्झनामा शालिक र पार्क निमार्ण गरेका छन् । गोरखा नगरपालिका–११ को तेह्रकिलो बजार स्थित रानाडिहीमा स्व.देव बहादुर र फुलमायाँ बसेलको स्मृतिमा उनका परिवारले शालिक र पार्क निर्माण गरिएको हो ।
छोराहरुले बाबु आमाको शलिक निर्माण सँगै वरीपरिको क्षेत्रलाई समेटेर स्मृती पार्क पनि बनाइ दिएको छ । बसेलको ६ भाई छोराहरुले शालिक र पार्क निर्माण गरिएका हुन् ।
शालिक र पार्क निमार्णमा १० लाख रुपैयाँ खर्च भएको पारिवारीक स्रोतले जानकारी दिएको छ । २०७८ फागुन महिनाबाट निर्माण सुरु गरेको उक्त शालिक र स्मृति पार्कको बिहीबार गोरखा नगरपालिकाका प्रमुख कृण्णबहादुर राना मगरले उदघाटन गरेका छन् ।
प्रमुख राना मगरले शालिकको अनावरण गर्दै स्मृती पार्कलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्न सकिने धारणा ब्यक्त गरे ।
कार्यक्रममा गोरखा नगरपालिका–११ का वडाध्यक्ष रामबहादुर खड्का, बसेलका परिवारजन, स्थानिय
र सञ्चारकर्मीहरको उपस्थिती रहेको थियो ।



