साँकेतिक तस्बिर
गोरखा । शहिद दिवसको अवसरमा सदरमुकाममा माघ १६ गते चित्रकला प्रतियोगिता हुने भएको छ । चित्रकला प्रतियोगिता लियो क्लब अफ गोरखाले आयोजना गरेको हो ।
प्रतियोगितामा शहिदहरु दशरथ चन्द, धर्मभत्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीको प्रतिक बनाउन लगाइने क्लबका अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए । नगरपालिकास्तरीय प्रतियोगितामा शहिदहरुको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ ।
प्रतियोगीले. शहिदहरुको सम्मान हुने भन्दै अध्यक्ष परियारले प्रतियोगितामा प्रथम, दोस्रो र तृतिय हुनेलाई क्रमश. ३, २ र १ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरिने छ ।


