गोरखा । लियो क्लब अफ गोरखाले आज विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । क्लबले गोरखा नगरपालिका–४ को पन्थेस्वाँरामा रहेको पन्थेश्वरा प्रार्थमिक बिद्यलयका विद्यार्थीलाई स्टेशनरि सामग्री वितरण गरेको हो ।
क्लबले सरस्वति पुजाको अवसरमा विद्यालयका १९ जना विद्यार्थीलाई सामग्री वितरण गरिएको अध्यक्ष बालकृष्ण परियारले जानकारी दिए ।
विद्यार्थीलाई वितरण गरिएको स्टेशनरि सामग्रीमा कापी, कलम, सिसाकलम, ईरेजर रहेको क्लबले जनाएको छ । सामग्री वितरण कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक, वडा सदस्य तथा क्लबका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो ।


