गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गोरखाकी सुशिला सिंखडा चयन हुनुभएकी छिन् ।
गोरखाबाट प्रदेशसभा समानुपातिक तर्फ निर्वाचित निर्वाचित हुनुभएकी सिंखडालाई नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले दलको प्रमुख सचेतकमा चयन गरेको हो ।
सिंखडा गोरखाको भीमसेन थापा गाउँपालिका–४ को धावा निवासी हुन् । प्रमुख सचेतक सिम्खडाले दलका तर्फबाट गर्नुपर्ने काम सहित संसदलाई प्रभावकारी बनाउने तर्फ लाग्ने बताइन ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनु भएकी सांसद सिंखडा माओवादी जनयुद्धमा लागेर लामो समय भूमिगत भएकी थिइन ।


