×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १८ घण्टा अघि

आज कुशे औँसी
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

स्वदेश फर्किएर अकबरे खेती

  •  गोरखा समाचार
  • बिहिबार, माघ १२, २०७९ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । गोरखाका १ जना युवक स्वदेश फर्किएर ब्यवसायीक खुर्सानी खेतीमा लागेका छन् । सिरानचोक गाउँपालिका–६ गाँखु गैरा गाउँका बिक्रम गुरुङले स्वदेश फर्किएर आफ्नै गाउँमा ब्यवसायीक अकबरे खुर्सानी खेतीमा लागेका हुन् ।

    विदेशमा गरिने श्रममा उचित आम्दानी नभए पछि उनी स्वदेश फर्किएर आफ्नै गाउँमा खुर्सानी खेतीमा लागेको बताए । ‘कतारमा हुदा मुस्किलले बर्ष भरीमा ५ लाख जती आम्दानी हुने गरेको’ भन्दै गुरुङले भने ‘आफ्नै गाउँमा गरिएको खुर्सानी खेतीबाट त्यो भन्दा पनि बढी आम्दानी लिन सकिन छ ।’

    गुरुङले गएको चैत्र र बैशाखदेखी सुरु गरेको ब्यवसायीक अकबरे खुर्सानी खेतीबाट मात्र पछिल्लो १० महिनामा २ लाखभन्दा बढी आम्दानी गरिसकेका छन् । उनले बिएम अर्गानिक कृषि तथा पशुपंक्षी फर्म दर्ता गरेर ५ रोपनी जमिनमा गरेको अकबरे खेतीबाट अहिलेसम्म ७०० केजी खुर्सानी बिक्री गरिसकेका छन् ।

    ०७८ चैत्र र ०७९ बैशाखमा खेतीको सुरुवात गरेका गुरुङले उत्पादित अकबरे खुर्सानी गोरखा हुदै संघिय राजधानीसम्म पुरर्याएर बिक्री गर्न सफल भएको छ । ०७९ को भाद्र महिनादेखी उत्पादन भएको खुर्सानी उनले गाउँ हुदै गोरखा सदरमुकाम र राजधानीमा लगेर बिक्री गरेको बताए । ‘भाद्र महिनाबाट टिपेको खुर्सानी गोरखा र काठमाण्डौमा बिक्री गरेरको’ भन्दै उनले ‘अहिले भने खुर्सानीको विभिन्न परिकार बनाउन थालेको छु’ भने ।

    गुरुङले आफ्नै बारीमा लगाएको खुर्सानीलाई ‘बिएम अर्गानिक कृषि तथा पशुपंक्षी फर्म’ को नाममा प्याकीङ गरेर खुर्सानीको अचार, सुकाएको दाना र बिउको लागि खुर्सानीको भित्री दाना समेत बिक्री गर्दै आएका छन् । त्यस मध्ये उनी संग ताजा र अचारको माग अत्याधिक भएको बताए ।

    सामान्यतया पनि १ पटक लगाएको अकबरे खुर्सानीले २ बर्षसम्म रहन्छ । यसले प्रत्येक ६ महिनामा उत्पादन दिने हुदा ४ पटक आम्दानी लिन सकिने र कम लगानी हुने गर्दछ । करिब १ लाख रुपैयाँ लगानी गरेका उनले पहिलो लटबाट मात्रै उनले २ लाखभन्दा बढी आम्दानी लिएको अनुभव सुनाए ।

    राम्रै आम्दानी हुने देखे पछि गुरुङले यस पटक थप ३ रोपनी जमिनमा खुर्सानी खेती बिस्तार गर्ने योजना सुनाए । त्यो मात्र नभएर उनले प्रत्येक बर्ष खेतीका लागि क्षेत्रफल बिस्तार गर्दै लाने बताए ।

    सुरुमा १ हजार ५०० बोट खुर्सानी लगाए युवा गुरुङले यस पटक भने १ हजार ३०० बोट थप्ने योजनामा रहेका छन् ।

    पहिलो लटमा उत्पादन भएको ७०० केजी खुर्सानी मध्ये ५५० केजी २०० देखी ३०० रुपैयाँसम्म आलैमा बिक्री गरेको, १५० केजी सुकाए र बाँकी रहेको १०० केजी भने उनले अचार बनाएर बिक्री गरेको बताए । गुरुङका अनुसार अचार बनाएर बिक्री गर्दा भने राम्रो मुनाफा हुने अनुभव सुनाए । ‘अचार बनाएर बिक्री गर्दा राम्रो आम्दानी हुने गरेको’ भन्दै गुरुङले ‘सुकाएको खुर्सानी भने प्रति केजी १ हजार रुपैयाँमा बजारमा बिक्री भईरहेको छ’ भने ।

    अचारको माग बढेसंग अब हुने उत्पादनको भने उनले अचार बनाउने योजना सुनाए । ‘खुर्सानीको अचारको माग बढेको छ । अबको उत्पादन भने अचार मात्र बनाएर बजारमा लाने छु’ गुरुङले बताए । उनले ३५० ग्रामको अचारको १९० मा बिक्री गर्दै आएका छन् ।

    आफुले उत्पादन गरेको खुर्सानीको प्रचारप्रसार गर्न उनले हालै गोरखा बजारमा भएको ११औं गोरखा महोत्सवमा समेत खुर्सानी बिक्रीको स्टल राखेका थिए । महोत्सव अवधीभर उनले १ लाख बरावरको खुर्सानी बिक्री भएको जानकारी दिए ।

    रोजगारीको लागि उनले राजधानीमा मात्रै पनि १५ बर्ष बिताए । अध्ययन गर्दै रेष्टुरेन्टमा रोजगारी गरेका गुरुङले राम्रो आम्दानी पाउन नसके पछि कतार भासिए । तर त्यहाँ पनि राम्रो आम्दानी हुन नसके पछि भने उनले आफ्नै गाउँ रोजे र गाउँमा खुर्सानी खेती सुरु गरे ।

    उनले गरेको खेती मल्चिङ प्राविधिमा आधारीत खेती हो । यो प्रविधिमा पानी कम लाग्ने, झार अत्यन्तै कम उम्रिने भएका कारण खेती राम्रो हुने तथा किरा फटेङराहरुबाट जोगिने उनको अनुभव छ । खुर्सानीको लागि आवश्यक मल भने उनले स्थानिय स्तरमा नै पाउने गाईबस्तुको मल प्रयोग गरेका छन् ।

    पूर्ण रुपमा अर्गानिक खेती गरेका उनले बजारमा बिक्रीका लागि जाने खुर्सानीको ब्राण्डीङले फर्म भित्रै गरेका छन् । फर्मले आगामी दिनमा गाउँमा उत्पादिन अर्गानिक कृषि जन्य सामाग्रीहरुलाई खरिद गरेर बिक्रीका लागि बजारसम्म लाने योजना बनाएको छ ।

    ३१ बर्षे गुरुङले यो पटक खुर्सानी संगै अदुवा खेतीमा पनि हात हालेका छन् । उनले पहिलो पटकको अनुभवको लागि भन्दै ४०० केजी अदुवा खेती गरेका छन् । अदुवाले पनि राम्रो आम्दानी दिएमा पुनःअर्को बर्षदेखी अदुवा खेती पनि गर्ने योजना गुरुङले बनाएका छन् ।

    उनले अर्काको भूमिमा गएर कडा श्रम गर्नुभन्दा आफ्नै देशमा आफ्नै भूमिमा बजारको आवश्यकता अनुसारको खेती गरेर परिवार संग सुख संग बस्न सकिने भन्दै विदेशी भूमिमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेका युवाहरुलाई नेपाल फर्किएर स्वदेशी भूमिमा काम गर्न अनुरोध समेत गरे ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बिहिबार, माघ १२, २०७९ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.