आगलागी भएकाे भनिएकाे पुङची गुम्बा
गोरखा । हिजो आगलागी भएको उत्तरी गोरखाको पुङची गुम्बा अबलोकनका लागि साँसद सहितको टोली उत्तरी गोरखा पुगेका छन् । आगलागी भएको गुम्बाको अबलोकनका लागि प्रदेश साँसद नन्दप्रसाद न्यौपाने सहितको टोली उत्तरी गोरखाको हिनाङ पुगेका हुन् ।
ऐतिहासिक तथा पुरातात्विक हिसाबले अति महत्वपूर्ण रहेको पुङची गुम्बा मंगलबार दिउसो ४ बजेदेखी आगलागी भएको थियो । गुम्बाको आगो स्थानियहरुको अथक प्रयास पछि मंगलबार अबेर राती नियन्त्रणमा आएको थियो ।
आगलागीबाट के कती क्षती भएको हो भन्ने विवरण संकलन गर्न उक्त टोली घटना स्थल पुगेको छ । टोलीमा साँसद न्यौपाने सहित प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य र जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी प्रमुख प्रहरी उपरिक्षक केदार खनाल अनुगमन टोलीमा रहेको साँसद न्यौपानले जानकारी दिए ।
गोरखा क्षेत्र नम्बर १ (ख) बाट नेपाली काँग्रेसको तर्फबाट बिजयी भएका साँसद न्यौपानेको प्रयासमा प्रभु एयरको हेली मार्फत अनुगमन टोली उक्त स्थानमा पुगेको हो । टोलीले त्यहाँ भएको क्षतीको विवरण संकलन गरेर आउने जानकारी दिएको छ ।
आगलागी भएको गुम्बा चुमनुब्री गाउँपालिका–२ ल्हो को हिनाङ गाउँमा पर्दछ । समुन्द्री सतहबाट ३ हजार ३०० मिटर उचाईमा रहेको उक्त गाउँमा कुनै पनि सञ्चार माध्यामले काम नगर्दा घटनाको विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।
टोली अनुगमन पछि आजै सदरमुकाम आउने कार्यक्रम तय भएको छ । गुम्बामा रहेको अति महत्वपूर्ण सामाग्रीहरु जलेर नष्ट भएको वडाध्यक्ष मिंङगुर दोर्जेले जानकारी दिए ।
गुम्बा गएको बर्ष मात्र पुनः निर्माण गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । उनले उक्त क्षेत्रमा रहेको कुनै पनि सञ्चार सामाग्रीहरुमा सम्र्पक हुन नसकेका कारण क्षती विवरण आझै प्राप्त हुन नसकेको जानकारी दिए ।


