साँकेतिक तस्बिर
गोरखा । गोरखा घ्याल्चोककी १ महिला राजधानीको बसुन्धाराबाट पक्राउ परेकी छिन् । गोरखा जिल्ला गण्डकी गाउँपालिका–७ घ्याल्चोककी ३२ बर्षिया शिला गुरुङलाई पक्राउ गरेको हो ।
गुरुङलाई काठमाडौं महानगरपालिका–३ बसुन्धारा स्थित सृजनशिल टोल डेरा गरी बस्ने ३७ वर्षीया कल्पना राईको कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ ।
गुरुङ संगै जुवातास खेलिरहेका अन्य ८ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट नगद २१ हजार रूपैयाँ सहित क्यासिनो सिक्का २४१ थान र १२ गड्डी ताससहित फेला परेको प्रहरी वृत्त महाराजगंजले जनाएको छ ।


