गोरखा । आदाबासी जनजाती पत्रकार महासंघ गोरखा शाखाका सचिव केशव गुरुङ सम्मानित भएका छन् । गुरुङलाई उत्तरी गोरखाको धर्म, संस्कृति, कला र रितिरिवाजलाई सञ्चार माध्याम मार्फत प्रचार प्रशासार गर्न सहयोग गरेको भन्दै सम्मानित गरिएको हो ।
उत्तरी गोरखाको धार्चेमा रहेको सर्भे सुलभ बहुउद्वेश्य सहकारी संस्थाले शनिबार संस्थाको बार्षिक उत्सवको अवशरमा गुरुङलाई सम्मान गरिएको थियो । गुरुङलाई गरिएको सम्मान पत्रमा ‘उतरी गोरखाको धर्म, संस्कृति, कला र रितिरिवाजलाई सञ्चार माध्यामबाट जगेर्ना गर्ने कार्यमा पुरर्याउनु भएको अतुलनीय कार्यको उच्च सम्मान गर्दै यस सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभाको अवसरमा यो सम्मान–पत्र प्रदान गरिएको छ’ भनिएको छ ।
धार्चेको लाप्राकमा जन्मिएर गोरखा सदरमुकामलाई कार्य क्षेत्र बनाएका गुरुङ पछिल्लो समय फोनिज गोरखाको सचिवका साथै, नेपाल पत्रकार महासंघ गोरखा शाखाको सह सचिव, गोरखा सदरमुकामबाट प्रकाशित हुने दरौदी दैनिक, रेडियो गोरखा र नयाँ पत्रिका दैनिकमा आबद्व छन् ।
गुरुङ तमु सञ्चारकर्मी संघका केन्द्रिय सदस्य समेत हुन् । उनलाई एक कार्यक्रम बिच सहकारीका अध्यक्ष सन्तोष गुरुङले दोसल्लाह ओडाएर सम्मान पत्र प्रदान गरेका थिए ।


